The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

काठमाडौं–३ मा चुनावी बहस: मन्त्री बनेकाहरूको उम्मेदवारीमाथि राजु पाण्डेको प्रश्न !

काठमाडौं–३ मा चुनावी बहस: मन्त्री बनेकाहरूको उम्मेदवारीमाथि राजु पाण्डेको प्रश्न !
ADVERTISEMENT

राष्ट्रिय स्वतन्त्र पार्टीले आउने संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाएको राजु पाण्डेले अन्तरिम सरकारमा मन्त्री बनेकाहरू चुनाव लड्न नमिल्ने बताइरहेका छन्। उनले विभिन्न मिडियालाई अन्तरवार्ता दिने बेला यो प्रश्न उठाइरहेका छन्।

उनले चुनाव लडेको क्षेत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ उठेका छन्। घिसिङ सुशीला कार्की नेतृत्वको सरकारमा ऊर्जा मन्त्री थिए। मन्त्री पद छोडेर उनी नयाँ दल उज्यालो नेपाल पार्टीको अध्यक्ष बने। त्यही दलबाट काठमाडौं क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन्।पाण्डेले भने चुनाव गराउँछु भनेका व्यक्ति चुनावमा उम्मेदवार बनेर हिँडेको भन्दै प्रश्न उठाइरहेका हुन्।

‘अन्तरिम सरकार भनेको कुनै पार्टीसँग टच नभएको निष्पक्ष भनिएको हो। चुनाव गराउने म्याण्डेट छोडेर हिँड्ने?,’ सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओमा उनले भनेका छन्।

सेतोपाटीले उनलाई ‘आफ्नै प्रतिस्पर्धीलाई लक्षित गरी चुनाव गराउने सरकारमा मन्त्री भएकाहरू उम्मेदवार बन्न मिल्दैन भनेर तपाईंले बोलिरहनुभएको रहेछ नि? किन हो?’  भनेर सोधेको थियो।

उनले कानुनले नरोके पनि चुनावी म्याण्डेट बोकेको निष्पक्ष सरकारमा मन्त्री हुनेहरू नैतिकताको हिसाबले चुनाव लड्न नमिल्ने बताए।

‘मैले उम्मेदवार हुन पाउँदैन भनेर भन्दिनँ। कुनै कानुनले दिएको कुरा पाउँदैन भन्ने म को हो र? पाइन्छ। तर मेरो कुरा के हो भने, अन्तरिम सरकारमा बसेका मान्छेहरू त निष्पक्ष हुनुपर्छ भन्ने थियो। चुनाव सुरू भएपछि निस्कँदै पार्टीमा लाग्ने कुरा त कसरी निष्पक्ष भयो? भन्ने हो,’ उनले भने, ‘चुनावी सरकारमा बसेको मान्छे चुनाव सकेर निस्किने हो नि त। यो कानुनी भन्दा नैतिक प्रश्न हो।’

चुनावी सरकारमा गएकाहरू उम्मेदवार बनेको कुलमान घिसिङमात्र होइन। पाण्डेकै पार्टीले उम्मेदवार बनाएका बब्लु गुप्ता र जगदीश खरेल पनि सरकार छोडेर चुनावी दौडमा आएका हुन्। हामीले पाण्डेलाई यही कुरा सोध्यौँ।  उनले सरकार छोडेर चुनाव लड्न हिँडेका सबैलाई आफ्नो प्रश्न रहेको बताए।  ‘मैले सबैलाई भन्या हो, हाम्रो पार्टीको मात्र हैन, सबैलाई भन्या हो,’ उनले भने।

उनले यही प्रश्न सरकार छोडेर आएका गुप्ता र खरेललाई उम्मेदवार बनाउने बेला आफ्नो पार्टीलाई सोधे कि सोधेनन् भनेर पनि हामीले जिज्ञासा राखेका थियौँ।

उनले अहिलेसम्म त पार्टीभित्र कुरा राख्न नपाएको बताए।  अब पार्टीको मिटिङमा राखौंला नि,’ उनले भने। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले फागुन २१ गते चुनाव लड्नका पदबाट राजीनामा बुझाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

रास्वपाले महाधिवेशन अगाडि ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्दै

रास्वपाले महाधिवेशन अगाडि ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्दै

पार्टीभित्र योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक छ : सभापति लामिछाने

पार्टीभित्र योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक छ : सभापति लामिछाने

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology