The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

परमाणु युद्ध, एआई र जलवायु संकटले प्रलय घडी अहिलेसम्मकै नजिक !

मध्यरात नजिकिँदै : वैज्ञानिकहरूले किन विश्व नेताहरूलाई गम्भीर चेतावनी दिए ?


परमाणु युद्ध, एआई र जलवायु संकटले प्रलय घडी अहिलेसम्मकै नजिक !
ADVERTISEMENT

परमाणु वैज्ञानिकहरूले विश्वप्रसिद्ध डूम्सडे क्लक अर्थात प्रलय घडीलाई मध्यरातभन्दा ८५ सेकेन्ड अगाडि सारेको छ । यो प्रलय घडीमा सेट गरिएको मध्यरात अगाडिको अहिलेसम्मकै सबैभन्दा नजिकको समय हो । यसले मानव सभ्यता अभूतपूर्व संकटको संघारमा पुगेको संकेत गरेको ।

गत वर्ष यो समय मध्यरातको १२ बजेभन्दा ८९ सेकेन्ड अगाडि थियो । अर्थात् यो वर्ष संसारमा प्रलय हुने जोखिम थप चार सेकेन्डले झनै नजिक आएको छ ।

शिकागोस्थित गैरनाफामूलक संस्था बुलेटिन अफ द एटमिक साइेन्टिस्ट्सले सन् १९४७ मा शीतयुद्धको पृष्ठभूमिमा उक्त घडीको अवधारणा अघि सारेको थियो । यसको उद्देश्य विश्वलाई लपेटिरहेका गम्भीर खतराहरु प्रति नीतिनिर्माता र आम जनतालाई सचेत गराउनु थियो ।

डूम्सडे क्लक कुनै यथार्थमा कुनै वास्तविक घडी होइन । यो त एउटा प्रतीकात्मक मापदण्ड हो, जसले परमाणु युद्धको जोखिम, जलवायु परिवर्तनको गम्भीरता, एआईको अनियन्त्रित प्रयोग तथा अन्य वैश्विक संकटहरूलाई समेटेर मूल्याङ्कन गर्छ ।

वैज्ञानिकहरूको भनाइमा रूस, चीन र अमेरिकाबीच बढ्दो तनाव, युक्रेन र मध्यपूर्वमा जारी युद्ध, परमाणु हतियार नियन्त्रण प्रणाली कमजोर हुनु र एआईको दुरुपयोगले विश्वलाई झनै असुरक्षित बनाउँदै प्रलयको संघारमा घचेटिरहेको छ।

डूम्सडे क्लक आम साधारण घडी जस्तो समय दिने घडी होइन । यो भनेको हाम्रो मानव सभ्यता विनाशको कति नजिक पुगेको छ भन्ने संकेत दिने प्रतीकात्मक मापदण्ड हो ।

दोस्रो विश्वयुद्धपछि अमेरिका र सोभियत युनियनबीच शीतयुद्ध सुरु भएको पृष्ठभूमिमा सन् १९४७ मा यस घडीको अवधारणा अघि सारिएको थियो । यसको स्थापना गर्नेहरूमध्ये अल्बर्ट आइन्स्टाइन र जे. रोबर्ट ओपेनहाइमर जस्ता चर्चित वैज्ञानिकहरू पनि थिए जो परमाणु बमको विकासमा संलग्न थिए ।

हरेक वर्ष विश्वको अवस्था मूल्यांकन गरेर यो घडीको समय अद्यावधिक गरिन्छ । यसमा मिडनाइट (मध्य रात) ले आम विनाशलाई जनाउँछ ।

घडीको सुई मध्यरातको समयतर्फ जति अघि बढ्छ मानवतामाथिको खतरा त्यति नै गहिरो भएको मानिन्छ। सन् १९४७ मा यो समय मिडनाइटभन्दा ७ मिनेट अगाडि थियो भने शीतयुद्ध अन्त्य भएको सन् १९९१ मा सबैभन्दा सुरक्षित अवस्था मानिँदै १७ मिनेट अगाडि पुगेको थियो। तर हाल यो मात्र ८५ सेकेन्ड अगाडि आइपुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा चिन्ताजनक स्थिति हो ।

वैज्ञानिकहरूका अनुसार सन् २०२५ मा विश्वस्तरमा कुनै पनि ठोस सकारात्मक परिवर्तन देखिएन। यही कारण डूम्सडे क्लकलाई अझै मध्यराततर्फ सारिएको हो। यसको पछाडि रहेका मुख्य कारणहरू यसप्रकार छन् ।

रूस, चीन र अमेरिकाबीचको आक्रामक नीति र शक्ति प्रदर्शनले परमाणु जोखिम बढाएको छ। युक्रेन युद्धका क्रममा रूसले परमाणु क्षमता भएको हाइपरसोनिक मिसाइल ओरेश्निक प्रयोग गर्‍यो र यसलाई बेलारुसमा पनि तैनाथ गरियो ।

अमेरिका र इजराइलले इरानमाथि बमबारी गरे भने भारत-पाकिस्तानबीच पनि झडप र युद्ध नै भयो। त्यस्तै कोरियाली प्रायद्वीप र ताइवानप्रति चीनले बारम्बार कडा चेतावनी दिइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब ३० वर्षपछि पुनः परमाणु परीक्षण सुरु गर्न आदेश दिएका छन्। उत्तर कोरिया बाहेक अन्य कुनै पनि देशले पछिल्ला २५ वर्षमा यस्तो परीक्षण गरेको थिएन। यसैबीच, अमेरिका र रूसबीच परमाणु हतियारको सीमा निर्धारण गर्ने न्यु स्टार्ट सन्धी फेब्रुअरी ५ मा सकिँदैछ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई एक वर्ष थप्ने प्रस्ताव गरे पनि ट्रम्पले त्यसमा कुनै प्रतिक्रिया दिएका छैनन्।

डूम्सडे घडी कुनै सटिक भविष्यवाणी होइन तर कडा चेतावनी भने अवश्य हो। वैज्ञानिकहरूका अनुसार यदि अन्तर्राष्ट्रिय सहयोगमा वृद्धि भएन भने मानवता गम्भीर विनाशतर्फ जान सक्छ ।

कृत्रिम बुद्धिमत्ता (एआई) लाई स्पष्ट नियमनबिनै सैन्य प्रणालीमा जोडिँदै लैजानु गम्भीर जोखिमको रूपमा देखिएको छ। यसले जैविक हतियार विकासलाई समेत सजिलो बनाउन सक्छ।

एआई र सामाजिक सञ्जालमार्फत गलत सूचना (डिसइन्फर्मेसन) तीव्र गतिमा फैलिनु अर्को ठूलो चुनौती बनेको छ, जसले युद्ध र द्वन्द्व भड्काउन सक्छ। नोबेल पुरस्कार विजेता पत्रकार मारिया रेसाका अनुसार सामाजिक सञ्जाल र एआईका कारण झुटो सूचना सत्यभन्दा छिटो फैलिन्छ। उनका अनुसार च्याटबोटहरू तथ्यमा आधारित नभई केवल सम्भावनामा आधारित मेसिन मात्र हुन्।

जलवायु परिवर्तन समकालीन विश्वका लागि ठूलो चुनौती बनेको छ । यसले विभिन्न खालका प्राकृतिक र मानवीय विपदका साथै स्रोतसाधनमाथिको द्वन्द्व बढाइरहेको छ। त्यस्तैगरी अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनका केही नीतिहरूले पनि विश्वमा अस्थिरता बढाएको छ।

खासगरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई उनको निवासबाटै पक्राउ गरेर अमेरिका पूराएर मुद्दा चलाउने काम, ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने अभिव्यक्ति र ल्याटिन अमेरिकाप्रति दिइएका धम्कीहरूले आन्ध्र महासागरपार सहयोग कमजोर बनेको छ ।

बुलेटिन अफ द एटमिक साइेन्टिस्ट्सकी अध्यक्ष एलेक्जान्ड्रा बेलका अनुसार विश्वमा प्रभावकारी नेतृत्वको गम्भीर अभाव देखिएको छ। उनका शब्दमा, नयाँ साम्राज्यवाद (न्यु इम्पेरियलिज्म) र दमनकारी, ओरवेलियन शासन व्यवस्थाले प्रलय घडीलाई मध्यराततर्फ धकेलिरहेका छन्। परमाणु जोखिम असह्य रूपमा उच्च छ।

पछिल्ला चार वर्षमा तेस्रो पटक डूम्सडे घडीको समय अझै नजिक सारिएको छ। बितेको सन् २०२५ मा परमाणु परीक्षणको खतरा पुनः देखा पर्नुका साथै हतियार विस्तार बढ्यो भने विभिन्न ३ वटा युद्धहरु परमाणु हतियारको छायामुनि भइरहेका छन्। वैश्विक सहयोगको कमी र जित्नेले सबै लैजान्छ भन्ने मानसिकतामा आधारित महाशक्तिहरूको प्रतिस्पर्धाले परमाणु युद्ध, जलवायु परिवर्तन र एआईसम्बन्धी जोखिम कम गर्न झन् कठिन बनाएको छ।

यद्यपि डूम्सडे घडी कुनै सटिक भविष्यवाणी होइन तर कडा चेतावनी भने अवश्य हो। वैज्ञानिकहरूका अनुसार यदि अन्तर्राष्ट्रिय सहयोगमा वृद्धि भएन भने मानवता गम्भीर विनाशतर्फ जान सक्छ ।

रूस, चीन र अमेरिका जस्ता शक्तिशाली देशहरू बढ्दो राष्ट्रवादतर्फ उन्मुख हुँदा विश्व एकता कमजोर बन्दै गएको छ। एआई र परमाणु हतियारमाथि प्रभावकारी नियन्त्रण अहिलेको आवश्यकता भएको उनीहरूको निष्कर्ष छ।

एलेक्जान्ड्रा बेलका अनुसार परमाणु परीक्षण पुनः सुरु भएमा चीनलाई सबैभन्दा धेरै फाइदा पुग्नेछ किनकि उसले आफ्नो परमाणु भण्डार तीव्र गतिमा विस्तार गरिरहेको छ। यो अवस्थाले विश्वका नेताहरू साँच्चै के गरिरहेका छन् भन्ने गम्भीर प्रश्न उठाएको छ। यदि हालको प्रवृत्ति बदलिएन भने भविष्यमा प्रलय घडीको समय विनासकालको झनै नजिक आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

Natraj Technology advertisement

ताजा समाचार

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरानमा फेरि अमेरिकाको आक्रमण

इरानमा फेरि अमेरिकाको आक्रमण

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology