बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
जिल्लाको पुर्चौडी नगरपालिका वडा– ७ को भौनीबाट बेहुली लिएर लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गरेको बस पुर्चौडी–७ कै बडगाउँ घुम्तीमा दुर्घटना भएको हो ।
पवनदुत यातायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर मृत्यु हुनेको सख्या १३ पुगेको छ।
घटना स्थलमै मृत्यु हुनेमा बझाङको विथ्थडचिर गाउँपालिका – ७ बस्ने ४० बर्षीय केशवराज जोशी, सोही ठाउँका १३ बर्षीय अशोक जोशी, ३५ बर्षीय बसन्त जोशी, ४१ बर्षीय विष्णुदत्त जोशी, ४२ बर्षीय नरेशराज जोशी रहेका छन्
यस्तै केदारस्यु गाउँपालिकाका ६० बर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका – ७ बस्ने ४० बर्षीय बसन्तराज रतला र बैतडीको पुर्चौडी नगरपालिका– बस्ने ४० बर्षीय पुष्पा अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्ररही नायव निरीक्षक बल्देब बडुले जानकारी दिए
४५ जनाको उद्दार गरी ४० (१३ महिला २७ पुरुष) जनालाई थप उपचारको लागि डडेल्धुरा अस्पताल पठाएको र ५ जना पुर्चौडीकै कोटीला स्वास्थ्य चौकी पठाएको प्रहरीले जनाएको छ ।डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा बझाङको विथ्थडचिर गाउँपालिका – ७ का १७ बर्षीय विशनदत्त जोशी, सोही ठाउँका अन्ताजी २८ बर्षीय दीपकराज जोशी, अन्दाजी ४५ बर्षीय किसनदत्त जोशी, केदारस्यु गाउँपालिका–७ का २७ बर्षीय केशवराज भट्ट र बैतडीको पुर्चौडी नगरपालिका–७ का १५ बर्षीय सुशील जोशी रहेका प्रवक्ता बडूले बताए ।
बेहुला बेहुली अर्को जीपमा रहेकाले सकुशल रहेका प्रहरीले जनाएको छ । बसको प्रेसरपाइप फुटेर उकालोमा अत्याधिक भारका कारण दुर्घटना भएको उद्धारमा खटिएका शसस्त्र प्रहरीवलको अनुमान छ ।
बस सडकबाट करिब २ सय मिटर तल खसेको हो । घटनास्थलमा स्थानीय, शसस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको थियो। मृतकको संख्या अझै बढन सक्ने अनुमान गरिएको छ ।















