पन्जाबको जालन्धरमा आम आदमी पार्टीका नेता लकी ओबेरोयको हत्या गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार जालन्धरको मोडेल टाउनमा रहेको गुरुद्वारा बाहिर उनलाई अज्ञात व्यक्तिहरूले गोली हानेका हुन्।
प्रहरीका अनुसार, लकी ओबेरोय आफ्नो कारमा गुरुद्वारा आइपुगेका बेला मोटरसाइकलमा आएका आक्रमणकारीहरूले उनीमाथि गोली चलाएका थिए।
प्रहरी अधिकारीहरूका अनुसार गोली लागेर घाइते भएका लकी ओबेरोयलाई अस्पताल लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीले उक्त क्षेत्रमा रहेका सीसीटीभी क्यामेराहरूको जाँच भइरहेको बताएको छ।
जालन्धर प्रहरीका एडीसीपी-२ हरिन्दर सिंह गिलले भने, ‘शुक्रबार बिहान दुई आक्रमणकारी मोडेल टाउनको गुरुद्वारा श्री गुरु सिंह सभा बाहिर स्कुटरमा आए र लकी ओबेरोयमाथि गोली प्रहार गरे।’















