विराटनगरमा हरेक वरिपरि आयोजना हुने राधाकृष्ण रथयात्रा आज निकालिएको छ।
हजारौं श्रद्धालु रथयात्रामा सहभागी छन। नेपाल र भारतसहित ३ लाख श्रद्धालु को उपस्थिति रहने आयोजकले अपेक्षा गरेका छन्।
वि.सं. १९८८ मा खटयात्राबाट सुरू भएको यो परम्पराले २०२५ सालदेखि विशाल रथको रूप लिएको हो। यस वर्ष समितिले ९५ औँ खटयात्रा र ५९ औँ रथयात्राको संयुक्त उत्सव मनाएको छ।
राधाकृष्ण मन्दिरबाट सुरू भएको रथयात्रा तीनपैनी , गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष, महेन्द्र चोक, बरगाछी र दुर्गा चोक हुँदै पुनः मन्दिर प्राङ्गणमा पुगेर बिसर्जन हुनेछ। कुल ८ किलोमिटरको यस दूरीमा रथलाई ४४ स्थानमा रोकिनेछ।
यसपटक आयोजक समितिले सांस्कृतिक डिजे साउन्ड प सञ्चालनमा रोक लगाइएको छ।















