The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

कृषि तथा पशु बिमा भुक्तानीलाई प्रभावकारी बनाइने : कृषिमन्त्री

कृषि तथा पशु बिमा भुक्तानीलाई प्रभावकारी बनाइने : कृषिमन्त्री
ADVERTISEMENT

काठमाडौँ – कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले कृषि तथा पशुपन्छी बिमाको भुक्तानी र राहत वितरण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाइने बताएकी छन्।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले कृषि तथा पशुपन्छी बिमामा ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको जानकारी दिइन्। अन्य अनुदान क्रमशः कटौती गर्दै बिमा कार्यक्रमलाई प्राथमिकता दिइएको उनको भनाइ थियो।

सांसदहरूले उठाएको राहत तथा क्षतिपूर्तिको विषयमा उनले किसानको क्षतिको विवरणका आधारमा राहत वितरण गर्न मन्त्रिपरिषद्को निर्णयअनुसार आवश्यक कार्यविधि निर्माण गरिएको बताइन्।

मन्त्री चौधरीले बाँदरको आतङ्क नियन्त्रणका लागि २० जिल्लामा नमुना कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिइन्। अध्ययन समितिको प्रतिवेदनका आधारमा कार्यक्रम कार्यान्वयन गरिने उनले बताइन्।

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको असर न्यूनीकरण गर्न स्थानीय तहसँग समन्वय गरी काम भइरहेको उल्लेख गर्दै उनले बाढी, पहिरो र आगलागीबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन सङ्घीय मन्त्रालयबाट थप सहजीकरण गरिने बताइन्।

कृषि बिमालाई थप प्रभावकारी बनाउन ‘एग्रिकल्चर एन्ड लाइभस्टक इन्स्योरेन्स सिस्टम’मार्फत रियल टाइममा आधारित बिमा प्रणाली विकास गरिने मन्त्री चौधरीले बताइन्। यसबाट किसानलाई छिटो र पारदर्शी रूपमा क्षतिपूर्ति उपलब्ध गराउन सहज हुने उनको भनाइ थियो।

कृषि उत्पादन बढाउन आधुनिक प्रविधि र सफ्टवेयरको प्रयोगमा जोड दिँदै उनले वीरगन्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना र हेटौँडा कपडा उद्योगजस्ता ऐतिहासिक औद्योगिक संरचनाको पुनरुत्थानमा सरकार गम्भीर रहेको बताइन्।

किसानलाई मलखाद र बिउविजनको अभाव हुन नदिन मन्त्रालयले बजेट तथा कार्यक्रममा विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री चौधरीले किसानको आर्थिक सबलीकरण र खाद्य सुरक्षा सुनिश्चित गर्न स्थानीय तथा प्रदेश सरकारसँगको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology