The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति, ६ सूचीकृत कम्पनीका लगानीकर्ता प्रभावित

बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति, ६ सूचीकृत कम्पनीका लगानीकर्ता प्रभावित
ADVERTISEMENT

काठमाडौं । १० भदौमा आएको बाढीका कारण क्षति पुगेका १३ जलविद्युत् आयोजनामध्ये ६ आयोजना दोस्रो बजारमा सूचीकृत कम्पनीका छन् । यससँगै क्षतिग्रस्त आयोजनामा सर्वसाधारणको समेत लगानी रहेको छ ।

बाढीबाट प्रभावित सूचीकृत कम्पनीमा रसुवागढी हाइड्रोपावर कम्पनी (१११ मेगावाट), चिलिमे जलविद्युत् कम्पनी (२२ मेगावाट), त्रिशूली जलविद्युत् कम्पनी (३७ मेगावाट), मैलुङखोला जलविद्युत् कम्पनी (५ मेगावाट), माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनी (१४.८ मेगावाट) र साञ्जेन जलविद्युत् कम्पनी छन् ।

बाढीपछि यी कम्पनीका आयोजनामा पुगेको क्षतिको असर सेयर बजारमा समेत परेको छ । हालसम्म यी कम्पनीका सेयर मूल्य अधिकतम ३०.४८ प्रतिशतसम्म घटेको देखिएको छ ।

विशेषगरी रसुवागढी, चिलिमे र त्रिशूली जलविद्युत् कम्पनीका आयोजनामा ठूलो क्षति पुगेको छ । कतिपय आयोजनाका बाँध, सुरुङ, विद्युत् गृह, मेसिनरी उपकरण तथा प्रसारण संरचनामा गम्भीर क्षति भएको छ ।

आयोजनाको पुनर्निर्माणसँगै कम्पनीहरूले पुरानो ऋणको साँवा–ब्याज तिर्नुपर्ने र नयाँ निर्माणका लागि थप वित्तीय स्रोत जुटाउनुपर्ने अवस्था बनेको छ । यसले उत्पादन पुनः सुरु हुनुअघि नै कम्पनीको वित्तीय दायित्व बढ्ने देखिएको छ ।

ऊर्जा उत्पादकहरूका अनुसार पुनर्निर्माण लागतसमेत यसअघिको तुलनामा बढ्न सक्छ । रसुवागढी हाइड्रोपावरका कम्पनी सचिव नरनाथ न्यौपानेले धेरै उपकरण प्रयोग गर्न नमिल्ने हुनसक्ने र अहिले उपकरणको मूल्यसमेत बढेकाले पुनर्निर्माण लागत बढ्न सक्ने बताए ।

हाल जलविद्युत् आयोजना निर्माणमा औसत प्रतिमेगावाट करिब २० करोड रुपैयाँ लागत लाग्ने गरेको बताइएको छ । यद्यपि बीमा भएका आयोजनाको क्षतिको केही हिस्सा बीमाबाट पूर्ति हुने अपेक्षा गरिएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष मोहन डाँगीका अनुसार बीमा दाबीका लागि पहिले सर्भेयरमार्फत आयोजनाको क्षति मूल्याङ्कन गरिनेछ । सर्भेयरको अध्ययनपछि मात्रै क्षतिको विस्तृत विवरण र बीमा दाबीको प्रक्रिया अघि बढ्नेछ ।

डाँगीले प्रभावित आयोजनाका लागि उपकरण आयातमा भन्सार छुट, सहुलियत ब्याजदरमा ऋण तथा उत्पादन अनुमतिपत्रको अवधि थपजस्ता सरकारी राहत प्याकेज आवश्यक रहेको बताए । बाढीका कारण कतिपय आयोजनासम्म पुग्ने पहुँचमार्गसमेत क्षतिग्रस्त भएको उनले उल्लेख गरे ।

रसुवागढीमा सबैभन्दा ठूलो क्षति

१११ मेगावाटको रसुवागढी हाइड्रोपावर आयोजना बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ । गत वर्षको बाढीबाट क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण पूरा नहुँदै पुनः ठूलो क्षति पुगेको हो ।

कम्पनीका सचिव न्यौपानेका अनुसार विद्युत् गृह पुरिनुका साथै सुरुङमा हिलोमाटो भरिएको र बाहिरी संरचनामा समेत ठूलो क्षति पुगेको छ ।

गत असार मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको दीर्घकालीन ऋण १४ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । पुरानो ऋणको साँवा–ब्याजसँगै पुनःनिर्माणका लागि थप ऋण जुटाउनुपर्ने अवस्था कम्पनीका लागि चुनौतीपूर्ण बनेको छ ।

त्रिशूली जलविद्युत् कम्पनी पनि संकटमा

३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी आयोजना सञ्चालन गर्ने त्रिशूली जलविद्युत् कम्पनीको आयोजनामा पनि ठूलो क्षति पुगेको छ । आयोजना निर्माणकै क्रममा क्षति पुगेकाले कम्पनीले विद्युत् उत्पादनबाट आम्दानी सुरु गरिसकेको थिएन ।

कम्पनीको करिब ३ अर्ब ७५ करोड रुपैयाँ ऋण रहेको बताइएको छ । पुरानो ऋणको भुक्तानीसँगै पुनःनिर्माणका लागि आवश्यक रकम जुटाउनु कम्पनीका लागि चुनौती बनेको छ ।

चिलिमेको आफ्नै आयोजनासँगै लगानी भएका आयोजनामा पनि असर

२२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको विद्युत् गृह क्षेत्रमा समेत बाढीले ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण छ ।

चिलिमेको लगानी रहेको रसुवागढी हाइड्रोपावर आयोजना पनि गम्भीर रूपमा क्षतिग्रस्त भएको छ । त्यस्तै, चिलिमेको लगानी रहेको साञ्जेन जलविद्युत् आयोजनाको विद्युत् प्रसारणतर्फ पनि असर परेको छ । यसले चिलिमेका सेयरधनीमाथि प्रत्यक्ष र अप्रत्यक्ष दुवै प्रभाव परेको छ ।

मैलुङ खोलामा करिब ५ करोडको प्रारम्भिक क्षति

५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनामा विद्युत् गृह, पेनस्टक तथा स्विचयार्डलगायत संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण छ । अन्य आयोजनाको तुलनामा यसको क्षति कम रहेको र प्रारम्भिक अनुमान करिब ५ करोड रुपैयाँ रहेको बताइएको छ ।

कम्पनीले बाढीबाट आयोजना क्षतिग्रस्त भएको र विद्युत् उत्पादन प्रभावित भएको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई गराइसकेको छ ।

माथिल्लो मैलुङ खोलामा प्रसारण संरचनामा क्षति

१४.८ मेगावाटको माथिल्लो मैलुङ खोला आयोजनामा मुख्य समस्या स्विचयार्ड र प्रसारण लाइनतर्फ देखिएको छ । प्रारम्भिक क्षति अनुमान करिब २ करोड ८६ लाख रुपैयाँ रहेको छ ।

साञ्जेनको आयोजना सुरक्षित, प्रसारण संरचनामा असर

साञ्जेन जलविद्युत् कम्पनीअन्तर्गतका १४.८ मेगावाटको माथिल्लो साञ्जेन र ४२.५ मेगावाटको साञ्जेन आयोजना प्रभावित भएका छन् ।

इप्पानको प्रारम्भिक विवरणअनुसार आयोजनाको संरचनामा ठूलो क्षति नभए पनि त्रिशूली–३ बी हबको २२० केभी सबस्टेसन तथा प्रसारण संरचनामा ठूलो क्षति पुगेका कारण उत्पादित विद्युत् निकासी प्रभावित भएको छ ।

आयोजना सुरक्षित रहे पनि ग्रिड तथा प्रसारण संरचना कहिलेसम्म पुनर्निर्माण हुन्छ भन्ने यकिन नहुँदा कम्पनीको विद्युत् उत्पादन र आम्दानीमा असर पर्ने अवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology