The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

निसीखोलामा बाढीले ६० परिवार विस्थापित, पुनःस्थापनामा चुनौती

निसीखोलामा बाढीले ६० परिवार विस्थापित, पुनःस्थापनामा चुनौती
ADVERTISEMENT

काठमाडौं- बागलुङको निसीखोला गाउँपालिकामा असोज ११ गते आएको बाढीले घरबास गुमाएका परिवारको पुनःस्थापना चुनौतीपूर्ण बनेको छ। बाढीपहिरोका कारण ३५ घर पूर्ण रूपमा बगेका छन् भने थप २५ घरमा क्षति पुगेपछि बस्न नमिल्ने अवस्था छ।

निसीखोला गाउँपालिका–४ कानाबगरका तुलबहादुर सुनारको घर बाढीले बगाएपछि उनी परिवारसहित जनजिवराज माध्यमिक विद्यालयमा आश्रय लिइरहेका छन्। खानेकुरा, लत्ताकपडा र घरायसी सामान गुमाएका उनको परिवार विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त राहतको भरमा बसिरहेको छ।

विद्यालयमा बस्न कठिनाइ भएपछि वडा कार्यालयले पीडित परिवारलाई आफन्त तथा छिमेकीको घरमा अस्थायी रूपमा राख्ने व्यवस्था मिलाउन थालेको छ। वडाध्यक्ष टिकानिधि पौडेलका अनुसार आफन्तकोमा बस्ने व्यवस्था मिलाएर त्यहीँ राहत उपलब्ध गराउने तयारी भइरहेको छ।

कानाबगरकै दिलकुमारी रेग्मीको परिवार पनि बाढीका कारण घरजग्गा गुमाएर समस्यामा परेको छ। उनीहरूले खानेकुरा र लत्ताकपडाको अभाव झेलिरहेका छन्। गाउँपालिकाले तत्कालका लागि खाद्यान्न तथा बसोबासका सामग्री उपलब्ध गराएको छ भने जिल्ला विपद् व्यवस्थापन समितिले पनि पाल र खाद्यान्न वितरण गरेको छ।

बाढीपहिरोका कारण निसीखोलामा एकै घरका चार जनासहित पाँच जनाको मृत्यु भएको छ। निसी, भलकोट, झिवाखोला, झिम्पा, कानाबगर र जुग्जाखोलालगायतका बस्ती प्रभावित भएका छन्। झिवाखोला बजारका घर बग्नुका साथै लिटिल रोज बोर्डिङ विद्यालयको भवनमा समेत पहिरोले क्षति पुर्‍याएको छ।

कानाबगरमा असोज ९ गते गएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध गर्नुका साथै निसीखोलाको बहाव परिवर्तन गराएको थियो। त्यसपछि खोला झिवाखोलातर्फ मोडिँदा बस्तीमा ठूलो क्षति पुगेको हो। बाढीले दोस्रो लघु जलविद्युत् आयोजनाको इन्टेक र नहर तथा झोलुङ्गे पुलमा समेत क्षति पुर्‍याएको छ।

सडक अवरुद्ध हुँदा उद्धार तथा राहत सामग्री पुर्‍याउनसमेत कठिनाइ भएको थियो। अहिले सदरमुकामदेखि झिवाखोलासम्मको सडक खुलाइए पनि माथिल्लो क्षेत्रमा कटान भएको सडक अझै सञ्चालनमा आउन सकेको छैन।

बाढीले निर्माणाधीन निसीखोला आधारभूत अस्पताल आसपासको क्षेत्रसमेत बगरमा परिणत गरेको छ। अस्पतालसम्म पुग्ने बाटो अवरुद्ध भएको छ भने सडक, खानेपानी र अन्य आधारभूत सेवाको पुनःस्थापना पनि चुनौतीपूर्ण बनेको छ। तत्काल घर पुनर्निर्माण गर्न सम्भव नभएकाले पीडितलाई अस्थायी रूपमा आफन्त तथा छिमेकीकोमा राख्ने र राहत उपलब्ध गराउने प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology