The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, शुक्रबारदेखि चार्ज गरिने

मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, शुक्रबारदेखि चार्ज गरिने
ADVERTISEMENT

काठमाडौँ- काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले निर्माण गरिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत मातातीर्थ–चोभार खण्डको निर्माण पूरा भएको छ।

मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्मको करिब ६ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन शुक्रबारदेखि चार्ज गरिने भएको छ। चार्ज भएपछि उक्त खण्ड राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएर नियमित विद्युत् प्रवाहमा आउनेछ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा विद्युत्को माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहज हुनेछ। चोभारदेखि पाटनसम्मको करिब साढे ४ किलोमिटर भूमिगत १३२ केभी प्रसारण लाइन निर्माणलाई पनि प्राथमिकताका साथ अघि बढाइएको उनले जानकारी दिए।

आगामी हिउँदमा उपत्यकामा बढ्ने विद्युत् माग व्यवस्थापन गर्ने उद्देश्यले प्राधिकरणले गत असोज ८ गते मातातीर्थ–चोभार लाइन १५ दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो। त्यसका लागि चोभार सबस्टेसनमा दुईवटा बे निर्माण गरिएका छन्।

काठमाडौं, ललितपुर र भक्तपुरलाई समेटेर १३२ केभी प्रसारण लाइनको रिङ संरचना निर्माण गर्ने लक्ष्यसहित थानकोट–चापागाउँ–भक्तपुर आयोजना सुरु गरिएको थियो। तर ललितपुरको खोकना, बुंगमती, हरिसिद्धी र लामाटार क्षेत्रमा स्थानीयको अवरोधका कारण प्रसारण लाइन निर्माण प्रभावित भएपछि वैकल्पिक रूपमा चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण गरिएको हो।

चोभार सबस्टेसनमा स्थानीय वितरणका लागि ११ केभीका नौवटा फिडर रहेका छन्। यसबाट कीर्तिपुर, फर्पिङ, पुल्चोक, एकान्तकुना लगायतका क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ। सबस्टेसन सञ्चालनपछि ती क्षेत्रमा भोल्टेज सुधार हुनुका साथै विद्युत् आपूर्ति थप सुरक्षित र स्थिर हुने अपेक्षा गरिएको छ।

हाल त्रिशूली र मर्स्याङ्दी जलाधार क्षेत्रमा उत्पादित विद्युत् मातातीर्थ सबस्टेसनमार्फत काठमाडौं उपत्यकामा आपूर्ति हुँदै आएको छ। मातातीर्थ–चोभार १३२ केभी लाइन सञ्चालनमा आएपछि उपत्यकाको विद्युत् प्रणालीमा थप वैकल्पिक आपूर्ति मार्ग उपलब्ध हुनेछ।

चोभारबाट चक्रपथ हुँदै ललितपुरको लगनखेलस्थित पाटन सबस्टेसनसम्म करिब साढे ४ किलोमिटर भूमिगत १३२ केभी लाइन निर्माण भइरहेको छ। त्यससँगै पाटन सबस्टेसनलाई पनि १३२ केभी क्षमतामा स्तरोन्नति गर्ने काम अघि बढाइएको छ।

सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा आर्थिक वर्ष २०५५/५६ देखि सुरु भएको थानकोट–चापागाउँ–भक्तपुर आयोजना अन्तर्गत काठमाडौं र भक्तपुरतर्फका प्रसारण लाइन निर्माण सम्पन्न भइसकेका छन्। काठमाडौं खण्डमा निर्माण पूरा भएको मातातीर्थ–चोभार लाइन अब सञ्चालनमा ल्याउन लागिएको हो।

यद्यपि, ललितपुरतर्फ स्थानीयवासीले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै अवरोध गरेपछि खोकना, बुंगमती, हरिसिद्धी र लामाटार खण्डको निर्माण अघि बढ्न सकेको छैन। यसले काठमाडौं उपत्यकाको १३२ केभी प्रसारण प्रणालीलाई पूर्ण रिङ संरचनामा सञ्चालन गर्ने योजनामा अझै चुनौती कायम राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology