The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

डेढ महिनादेखि तातोपानी नाका बन्द, सीमामा सयौँ कन्टेनर रोकिए

डेढ महिनादेखि तातोपानी नाका बन्द, सीमामा सयौँ कन्टेनर रोकिए
ADVERTISEMENT

सिन्धुपाल्चोक -चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी डेढ महिनाभन्दा लामो समयदेखि बन्द हुँदा सीमाक्षेत्रमा सामान बोकेका कन्टेनर रोकिएका छन् भने व्यवसायी नाका खुल्ने मितिको प्रतीक्षामा छन्।

चीनले भदौ १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो। नाका र सडकका अधिकांश पूर्वाधार सञ्चालनयोग्य अवस्थामा रहे पनि चिनियाँ पक्षबाट औपचारिक रूपमा नाका खुलाउने निर्णय नआएपछि व्यवसायी तथा स्थानीय अन्योलमा परेका छन्।

यसअघि पनि अरनिको राजमार्गमा पहिरोका कारण साउनको सुरुदेखि करिब तीन सातासम्म नाका बन्द भएको थियो। त्यसपछि सीमित रूपमा यातायात सञ्चालनमा आए पनि रसुवा र नुवाकोटमा आएको भीषण बाढीपछि चिनियाँ पक्षले पुनः नाका बन्द गरेको हो। नाका बन्द गर्नुको कारणबारे भने चिनियाँ पक्षबाट स्पष्ट जानकारी दिइएको छैन।

नाका सञ्चालनका लागि नेपाल र चीनका अधिकारीबीच पहल भइरहेको छ। हालै चिनियाँ दूतावासका उपनियोग प्रमुख चाउ फानसहित परराष्ट्र, अर्थ तथा वाणिज्य मन्त्रालय, भन्सार र सडक विभागका अधिकारीले तातोपानी सीमा क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए। त्यसपछि व्यवसायीमा नाका खुल्ने आशा बढेको छ।

नेपालतर्फ लिपिङ र कोदारी क्षेत्रमा चीनबाट सामान ल्याउनका लागि कन्टेनरको लाम लागेको व्यवसायीहरूले बताएका छन्। चीनतर्फ न्यालम क्षेत्रमा पनि दसैँ लक्षित सामान बोकेका दर्जनौँ कन्टेनर रोकिएका छन्।

व्यवसायीहरूका अनुसार नेपालतर्फको कोदारी सडक ४० फिटे कन्टेनर सञ्चालन गर्न मिल्ने गरी तयार भए चिनियाँ पक्षले कन्टेनर पठाउन सुरु गर्ने संकेत दिएको छ। तर सीमावर्ती क्षेत्रको भौगोलिक जोखिमका कारण तातोपानी नाका नियमित रूपमा सञ्चालन गर्ने विषयमा चिनियाँ पक्षले अझै अन्तिम निर्णय नगरेको व्यवसायीहरूको भनाइ छ।

नाका बन्द हुँदा स्थानीय व्यवसायी, मजदुर र यातायात क्षेत्रमा प्रत्यक्ष असर परेको छ। करिब एक हजार कन्टेनरका चालक तथा सहचालक र सयौँ मजदुर तथा साना व्यवसायी कामविहीन भएको सिन्धुपाल्चोकका व्यवसायीहरूले बताएका छन्।

व्यवसायीका अनुसार तातोपानीबाट काठमाडौंसम्म एउटा कन्टेनर ल्याउँदा करिब ५० हजार रुपैयाँ ढुवानी खर्च लाग्ने गरेकोमा वैकल्पिक कोरला नाकाबाट करिब ५ सय किलोमिटर घुम्नुपर्ने भएकाले लागत बढेर एउटा कन्टेनरको भाडा करिब ४ लाख रुपैयाँसम्म पुगेको छ। ढुवानी खर्च बढ्दा त्यसको असर उपभोक्तासम्म पुग्ने व्यवसायीहरूको भनाइ छ।

यसैबीच कोरला नाकामा पनि नेपालतर्फ करिब ७० र चीनतर्फ करिब ५० कन्टेनरमा स्याउ रोकिएको व्यवसायीहरूले बताएका छन्। दसैँअघि काठमाडौं ल्याउन नसके ठूलो परिमाणमा फलफूल नोक्सान हुने उनीहरूको चिन्ता छ।

दसैँका लागि ल्याइएका फलफूल, बालबालिकाका कपडा तथा जुत्ता, तिहारका सजावटका सामग्री, ड्राइफ्रुट्स र लसुनलगायतका सामान पनि सीमामै रोकिएका छन्। चीनमा अक्टोबर ७ सम्म राष्ट्रिय दिवसका कारण बिदा भएकाले त्यसपछि तातोपानी नाका खोल्न पहल हुने अपेक्षा व्यवसायीहरूले गरेका छन्।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले नाका सञ्चालनका लागि चिनियाँ प्रतिनिधिसँग निरन्तर संवाद भइरहेको तर अहिलेसम्म निश्चित मिति प्राप्त नभएको बताए। तातोपानी भन्सारका अधिकृत रमेशबहादुर शाहले पनि आधिकारिक निर्णय नआए पनि चिनियाँ पक्ष नाका सञ्चालन गर्न सकारात्मक देखिएको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology