The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

बागलुङमा बाढीपहिरोबाट १५ जनाको मृत्यु, ११३ घरगोठमा क्षति

बागलुङमा बाढीपहिरोबाट १५ जनाको मृत्यु, ११३ घरगोठमा क्षति
ADVERTISEMENT

बागलुङ- असोज दोस्रो साता परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले बागलुङमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। असोज ९ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरो तथा त्यसपछि सोमबार गएको पहिरोमा परी जिल्लामा १५ जनाको मृत्यु भएको छ।

बाढीपहिरोमा परी घाइते भएका पाँच जनाको उपचार भइरहेको छ। जिल्लामा भएको भौतिक तथा आर्थिक क्षतिको विवरण संकलन कार्य भने अझै जारी रहेको छ।

बाढीपहिरोका कारण सबैभन्दा बढी मानवीय क्षति निसीखोला गाउँपालिकामा भएको छ। त्यहाँ सात जनाको मृत्यु भएको छ। त्यस्तै तमानखोला गाउँपालिकामा पाँच र ताराखोला गाउँपालिकामा तीन जनाले ज्यान गुमाएका छन्। मृतकमध्ये सात पुरुष, पाँच महिला र तीन बालबालिका छन्।

कालिगण्डकी नदीसँगै जिल्लाका विभिन्न साना–ठूला खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा क्षति पुर्‍याएपछि बागलुङसँगै रुकुम र जाजरकोटतर्फको सडक सम्पर्कसमेत प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा बागलुङ बजार, गलकोट र बुर्तिबाङजस्ता प्रमुख व्यापारिक केन्द्रको आवागमन तथा जनजीवन प्रभावित बनेको छ।

बाढीपहिरोबाट जिल्लाभर ११३ घर तथा गोठमा पूर्ण तथा आंशिक क्षति पुगेको छ। त्यस्तै २५६ पशुचौपाया मरेका छन्। गलकोट नगरपालिका–९ को वडा कार्यालय भवन, दुई प्रहरी कार्यालय, तीन झोलुङ्गे पुल, दुई जलविद्युत् आयोजना, विद्यालय, रिसोर्ट, कृषिफर्म तथा विभिन्न सडक संरचनामा समेत क्षति पुगेको छ।

बाढीपहिरोबाट विस्थापित परिवारहरू अहिले आफन्तको घर, नजिकैका विद्यालय तथा टेन्टमा आश्रय लिएर बसिरहेका छन्। चाडपर्व नजिकिँदै गर्दा घर तथा आफन्त गुमाएका परिवारको अवस्था थप कठिन बनेको छ।

पीडितको पुनःस्थापना, क्षतिपूर्ति तथा पुनर्निर्माणका लागि स्थानीय तहदेखि जिल्ला विपद् व्यवस्थापन समितिसम्म सक्रिय भएका छन्। तर समयमै राहत, क्षतिपूर्ति र स्थायी आवासको व्यवस्था हुन नसके आगामी चिसो मौसममा विस्थापित परिवार थप समस्यामा पर्ने चिन्ता बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

गलौंदीमा सडक मर्मत गर्न पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३९ जनाको मृत्यु, ८४ बेपत्ता

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

सोमालियामा कुपोषणको भयावह अवस्था, बिरामी छोरी बोकेर ९० किलोमिटर पैदल हिँडिन् आमा

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

महिनावारी बिदा: लैङ्गिक समताको उपाय कि कामबाट बहिष्कार?

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

बूढीगण्डकीको कटानले जगत र सल्लेरी गाउँको आवतजावत ठप्प, पर्यटकसमेत अलपत्र

Natraj Technology advertisement

ताजा समाचार

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology