The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

समृद्धिको लक्ष्य पछ्याउँदै मिर्चैया नगरपालिका, आलोचकलाई कामले नै जवाफ


समृद्धिको लक्ष्य पछ्याउँदै मिर्चैया नगरपालिका, आलोचकलाई कामले नै जवाफ
ADVERTISEMENT

सिरहा । राजनीतिमा आलोचना र आरोप नयाँ चिज होइन । तर, राजनीति गरेर नेतृत्वमा पुगेकाहरूले ठीकसित काम गर्ने हो भने ती आलोचना, आरोप र विरोधको खण्डन गरिरहन पर्दैन ।

मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवको यो दोस्रो कार्यकाल हो । जनयुद्ध पृष्ठभूमिबाट आएका उनले गरिरहेका काम यति जनप्रिय छन् कि कसैलाई पनि कुनै किसिमको जवाफ फर्काउनुपरेको छैन ।

मिर्चैयामा बुधबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले भए-गरेका कामको फेरिहस्त सुनाए । जसमा यस्ता-यस्ता कामहरू समावेश छन्, जसले निकट भविष्यमा हरेक सूचकांकमा मिर्चैयालाई गर्विलो स्थानमा उभ्याउने छन् ।

यी हुन् मिर्चैयाको मुहार फेर्ने काम :

मिर्चैयाका ग्रामीण बस्तीहरू कुनै बेला बर्खामा हिलो र घाम लाग्दा धुलोले आक्रान्त हुन्थ्यो । तर, अहिले सबैजसो ग्रामीण बस्तीहरूमा सडक सञ्जाल विस्तार भएको छ । अझै हुने क्रममा रहेको नगर प्रमुख यादवको भनाइ छ ।

शिक्षामा सुधारका निम्ति पनि मिर्चैया नगरपालिकाले गरेको प्रयास सराहनीय छ । शिक्षकहरूलाई जिम्मेवार बनाउन इहाजिरी लागू गरेको यो पालिकाले अनुपस्थित हुने विद्यार्थीको घरमै फोन गरेर जानकारी लिने व्यवस्थासमेत मिलाएको छ ।

नगरपालिकाको १२ वटै वडामा रहेका विद्यालयहरूमा आवश्यकता अनुसार भौतिक संरचना विस्तार गर्ने कामहरू निरन्तर छन् । यतिमात्र होइन, सामुदायिक विद्यालयहरूमा आर्थिक स्रोत नै छुट्याएर नगरपालिकाले कोचिङ सञ्चालन गर्दै आएको छ ।

मेयर यादव बेला-बेला आफैं विद्यालयहरूको अनुगमनमा निस्कने गर्छन् । जसका कारण अहिले निजी विद्यालयका विद्यार्थीहरू पनि सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढेको छ ।

स्वास्थ्य क्षेत्रमा भएका कामले मिर्चैयाका मात्र होइन, जिल्लाकै विभिन्न स्थान र अन्य जिल्लाका मान्छेहरू पनि लाभान्वित भइरहेका छन् । कुनै समय थियो – जतिबेला मिर्चैयामा किराना पसल जस्तो निजी क्लिनिकहरू हुन्थ्यो ।

जसमा नागरिकको स्वास्थ्यसँग खेलवाड हुन्थ्यो नै, ठगी धन्दा पनि चल्दै आएको थियो । तर, मिर्चैया अस्पताललाई नगरपालिकाले यसरी सुधार र विस्तार गर्‍यो कि पछिल्ला वर्षमा ती निजी अस्पतालहरू सुकेका छन् भने मिर्चैया अस्पतालमा सेवाहरूको चाप थेगिनसक्नु हुन्छ ।

नगरपालिकाले वडास्तरमै पनि प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । जसका कारण सर्वसाधारणलाई सामान्य उपचारका लागि पनि सहर आउनुपर्ने बाध्यता हटेको छ ।

किसानलाई आत्मनिर्भर बनाउन नगरपालिकाले गरेको कामको फेरिहस्त पनि लामै छ । नगरपालिकाले नगरका विभिन्न स्थानमा कृषि सडक विस्तार गरेको छ । सिंचाइका लागि बोर्डिङ र विद्युतको व्यवस्था मिलाएको छ ।

आगामी आर्थिक वर्षदेखि त नगरपालिकाले किसानको सिचाइको विद्युत महसुस तिरिदिने योजना पनि अघि बढाएको छ । यसबाट यहाँका किसानहरूलाई ठूलो राहत मिल्नेछ ।

खानेपानी योजना, कृषिमा क्रान्ति, सडक सुधार, फोहोर व्यवस्थापन, विद्यालय स्तरोन्नति र स्वास्थ्य सेवामा सुधारजस्ता दर्जनौं योजनाले मिर्चैयाको अनुहार फेरिएको छ ।

नगरपालिकामा भएका विकासका कामले नागरिक खुशी रहेको र आफ्ना लागि यही नै सन्तुष्टि भएको उनी बताउँछन् । केही अराजनीतिक र आपराधिक चरित्रका व्यक्ति विरोधका लागि विरोध गर्ने तर यसले आफूलाई फरक नपर्ने मेयर यादवको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

सभापति लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

पाटन अस्पतालको स्वास्थ्य सेवा निरन्तरताका लागि मेयरको प्रतिबद्धता !

पाटन अस्पतालको स्वास्थ्य सेवा निरन्तरताका लागि मेयरको प्रतिबद्धता !

बालेनको राजीनामापछि उपमेयर सुनीता डंगोल कार्यवाहक मेयर, उपनिर्वाचनको तयारी सुरु ।

न्यायिक समितिको निर्णय कार्यान्वयन : सहकारीका कार्यालय खाली गरिँदै

बालेनको राजीनामापछि उपमेयर सुनीता डंगोल कार्यवाहक मेयर, उपनिर्वाचनको तयारी सुरु ।

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका लागि एकीकृत हाजिरी प्रणाली विकास

११ करोडको लगानीमा दूधमति नदी पुनर्जीवन अभियान सुरु ।

११ करोडको लगानीमा दूधमति नदी पुनर्जीवन अभियान सुरु ।

स्थानीय तहका निर्माणाधीन भवन अझै समयमै सकिएनन्

स्थानीय तहका निर्माणाधीन भवन अझै समयमै सकिएनन्

Natraj Technology advertisement

ताजा समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology