The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

हनी ट्र्याप: प्रलोभनमार्फत गरिने आपराधिक लाभको कानुनी विश्लेषण।


हनी ट्र्याप: प्रलोभनमार्फत गरिने आपराधिक लाभको कानुनी विश्लेषण।
ADVERTISEMENT

 

             

सुमित विश्वकर्मा, बि.ए.एल.एल.बि (गण्डकि विश्वविध्यालय)
केही वर्षयता नेपाली समाजमा एउटा नयाँ अपराधिक शब्द “हनी ट्र्याप” निकै प्रसिद्ध हुन थालेको छ । हनी ट्र्यापमा पारी ठगी गरेको कुरा प्राय सुनिरहेकै हुन्छौं। यो अपराधिक शब्द दुईवटा अङ्ग्रेजी शब्द ‘हनी’ र ‘ट्र्याप’ मिलेर निर्मित छ। अङ्ग्रेजी शब्द ‘हानि’ को अर्थ ‘मह’ र ‘ट्र्याप’ को अर्थ ‘जाल’ वा ‘परिपञ्च’ मा पार्नु भन्ने हुन्छ। हनी ट्रयापलाई नेपाली शब्दानुसार व्याख्या गर्दा मह जस्तै मिठा र आकर्षक शब्दका जालमा पारेर मानिसलाई फसाउने वा पासोमा पार्ने कार्य हो। अंग्रेजी शब्दकोषअनुसार कुनै आकर्षक व्यक्तिद्वारा अर्को व्यक्तिलाई लोभ्याएर सूचना संकलन गर्ने जुक्तिलाई हनी ट्रयाप भनेको देखिन्छ । प्रहरीले यसलाई अपराधको नयाँ शैली भन्दै आएको छ। प्रहरी कार्यालयहरुमा हनी ट्रयापका उजुरीहरु दैनिक रुपमा आउन थालेका छन् । सामान्यतः हनी ट्रयापबाट पीडित बनेको भन्दै पुरुषहरु प्रहरी कार्यालयमा पुग्ने गरेको भए पनि हनी ट्रयापबाट महिला पनि उत्तिकै पीडित भइरहेका छन् ।
हनी ट्र्याप शब्द विशेषगरी कुनै अपराधमा भइरहेको प्रहरी अनुसन्धानका क्रममा शंकास्पद व्यक्तिलाई कुनै किसिमको प्रलोभन देखाई प्रमाण संकलन गर्नका लागि प्रयोग गर्ने गरेको पाइन्छ । अहिले आएर हनी ट्र्याप देशको परिस्थिति, समाजिक कुरीती, महँगी, कमजोर आर्थिक हैसियत, साक्षरताको कमीको कारण अपराधिक स्वरूपले छिटो छरितो र सजिलो तरिकाले आर्थिक आम्दानी गर्ने शैली वा माध्यम बनेको छ । विदेशतिर नियाल्ने हो भने ‘स्क्यामर’ ले राम्रो जागिर मिलाइदिने , घरमै बसी–बसी सजिलो तरिकाले आम्दानी गराइदिने, भारी रकमको चिट्ठा पारिदिने बहानामा कसैलाई हनी ट्र्यापमा पार्ने गर्छन् । त्यस्तै ब्ल्याक मेल गरी पैसा कमाउन मात्र नभई कूटनीतिक तथा राजनैतिक जानकारी प्राप्त गर्न समेत यसको प्रयोग गरेको पाइन्छ । हामीकहाँ कसैलाई अनैतिक वा अवैध यौन व्यवहारमा फसाएर आर्थिक लाभ लिनका लागि यसको प्रयोग भएको पाइन्छ । विशेष गरी व्यवसायी तथा धनी व्यक्तिहरू हनी ट्र्यापको सिकार भइरहेका छन ।
एक्काइसौँ शताब्दी विज्ञान र प्रविधिको युगले इन्टरनेटको पहुँचलाई घरघरमा पुर्‍याएको छ। ट्र्यापमा पारी लाभ लिनको लागि सामाजिक सञ्जालको माध्यमले कुनै व्यक्तिको गोप्य रूपमा सम्पूर्ण जानकारी संकलन गर्छन् । सङ्कलन गरेको जानकारी अनुसार उक्त व्यक्तिबाट अपराधिक लाभ उठाउन योजना बनाउँछन् । यस किसिमको अपराध गर्नको लागि केवल एकमात्र व्यक्ति नभई एकै संगठनमा विभिन्न व्यक्तिहरुको मिलेमतो रहेको हुन्छ । सामाजिक सञ्जालकै माध्यमबाट उनीहरूको छनोटमा परेको अपरिचित व्यक्तिसँग साथी बन्दै साथीको नाताबाट सम्बन्ध अगाडि बढाउँछ । साथीका रूपमा अगाडि बढाएको सम्बन्धलाई बिस्तारै प्रेममा परिणत गर्छ र सो प्रेम सम्बन्धलाई प्रगाढ बनाउने नाममा शारीरिक सम्बन्धको प्रलोभन देखाई बिस्तारै शारीरिक सम्बन्ध कायम राख्छ । त्यसपछि उक्त व्यक्ति ट्र्यापमा परेको छ भनी ढुक्क भए पश्चात् उनीहरूबीच भएको नाटकी प्रेमको माध्यमबाट ट्र्यापमा पारेको व्यक्तिलाई ब्ल्याकमेल गर्न सुरु गरिन्छ । उनीहरूबीच भएको प्रेम सम्बन्ध अन्ततः आर्थिक कारोबारद्वारा समाप्त हुन्छ । उनीहरूको माग बमोजिमको कार्य नगरेमा वा मागेको रकम नदिएमा प्रहरीमा जाने धम्की दिन्छन् । प्रहरीलाई सम्पूर्ण प्रमाण पेस गरी जबर्जस्ती करणीको मुद्दा वा अन्य किसिमको मुद्दा लगाएर जीवनभर कारागारमा सडाइदिने अनि पारिवारिक जीवनलाई समेत तहसनहस बनाइदिने भनी नकारात्मक परिणामको धम्की दिन्छन् । त्यसैले छिटै निर्णय गरी पैसा दिनु भनी दबाब दिन्छन् । त्यसरी दबाबका साथै धाकधम्की आइसकेपछि ट्र्यापमा पर्ने व्यक्ति आफ्नो पारिवारिक जीवन बचाउन र आफ्नो नाजायज तथा गोप्य सम्बन्धबाट छुटकारा पाउन उनीहरूले बोलेबमोजिमको रकम तिर्न तयार भएको पाइन्छ ।
हनी ट्र्याप सम्बन्धी नेपालको कानूनी व्यवस्था:
मुलुकी अपराध संहितामा हनी ट्रयाप शब्द प्रयोग नगरी आपराधिक लाभ (एक्सटर्सन) शब्दावलीको प्रयोग गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २५३ ले आपराधिक लाभ (एक्सटर्सन) लिन वा लिन लगाउनु हुँदैन भनी व्यवस्था गरेको छ । सोही दफाको उपदफा (२) अनुसार आपराधिक लाभ (एक्सटर्सन) भनेको कसैले कुनै व्यक्तिलाई निजको वा अरु कसैको कुनै क्षति पुर्‍याउने डर त्रासमा पारी निजबाट बेइमानीपूर्वक आफ्नो वा अरु कसैका लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपराधिक लाभ लिएको भनिन्छ भनी परिभाषित गरेको छ । यस्तै, दफा २५३(३)(क) मा आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अंगभंग गर्ने वा गम्भीर चोट पुर्‍याउने डर वा त्रास देखाएमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । २५३(३)(ख) मा कसैको व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डर–त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना र माथि उल्लिखित (क) र (ख) मा लेखिएबाहेक अन्य अवस्थामा आपराधिक लाभ लिएमा एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। त्यसैगरी कसुरबाट कसैलाई हानि नोक्सानी पुगेको रहेछ भने त्यस्तो कसुरदारबाट बिगो खुलेकोमा बिगो असुल गरी पीडितलाई भराई दिनुपर्ने छ र बिगो नखुलेमा पीडितलाई मनासिब क्षतिपूर्ति भराइदिनु पर्नेछ भन्ने कानुनी व्यवस्था रहेको छ ।
हानि ट्रयापबाट कसरी बच्ने:
यस किसिमको अपराध न्यूनीकरणको निमित विभिन्न कानूनी व्यवस्थाहरू भएता पनि झन तीव्ररूपमा फैलिरहेको छ । हनी ट्रयापबाट बच्न विशेष गरी सुरक्षा तथा गोपनीयता कायम राख्न जरूरी छ । सम्बन्धहरूमा विश्वास महत्त्वपूर्ण हुन्छ, तर विश्वासलाई आँखामा पट्टी बाँधेर पालना गर्नुभन्दा शंकाको पनि ठाउँ राख्नुपर्छ । धेरै चाँडै नजिकिने वा अत्यधिक व्यक्तिगत जानकारी सोध्ने व्यक्तिहरू सङ्ग सचेत भएमा यस किसिमको अपराधबाट बच्न सकिन्छ । शंका लाग्ने लिंक, अज्ञात इमेलहरू, वा अज्ञात व्यक्तिहरूसँग संवाद गर्दा विशेष ध्यान दिनुपर्छ । हनी ट्रयापमा परेर ठगिएकाहरु थोरै मात्र अपराधहरू सार्वजनिक हुने गरेका छन् । यदि कोही कसैबाट हनी ट्रयापको शिकार भएको शंका छ भने तुरुन्तै सुरक्षा निकायलाई जानकारी दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

पार्टीभित्र योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक छ : सभापति लामिछाने

पार्टीभित्र योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक छ : सभापति लामिछाने

अमेरिका–इजरायल युद्धबीच इरानको तेल निर्यात जारी, विश्व बजारमा प्रभाव ।

इजरायल-लेबनान द्वन्द्व: युद्धविरामको प्रयास र निरन्तर आक्रमण

ओली र लेखकको रिटमाथि सर्वोच्चमा आज अन्तिम बहस: ‘हिरासत वा रिहाइ’ को फैसला आजै आउन सक्ने

ओली र लेखकको रिटमाथि सर्वोच्चमा आज अन्तिम बहस: ‘हिरासत वा रिहाइ’ को फैसला आजै आउन सक्ने

१३ करोडभन्दा बढी भ्रष्टाचार मुद्दामा क्यान महानिर्देशकको थुनाको आदेश कायम ।

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ: राजनीतिक वृत्त र न्यायालयको ध्यान सर्वोच्चतर्फ !

जुम्लामा जातीय विभेद गरेको आरोपमा एक महिला पक्राउ !

काठमाडौँमा प्रहरीको ‘नाइट स्वीप’ अपरेसन: गुण्डागर्दी र बिचौलिया धन्दामा संलग्न १९५ पक्राउ !

Natraj Technology advertisement

ताजा समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology