आइसीसी टी-२० विश्वकपको पहिलो खेलमा नेपाललाई इङ्ल्यान्डले १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। मुम्बईको वाङेखेडे रंगशालामा टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ओभरमा १८४ रन बनाएको हो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिए। त्यस्तै शेर मल्ल र सन्दीप लामिछानेले १-१ विकेट लिए।















