The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

निर्वाचन लक्षित गतिविधिको रिपोर्टपछि प्रसाईंमाथि प्रहरी कारबाही ।


निर्वाचन आयोगमाथि भ्रामक प्रचार गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ
ADVERTISEMENT

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परे ।

काठमाडौंबाट निजी कारमार्फत पर्साको वीरगञ्जतर्फ जाँदै गरेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीको टोलीले पक्राउ गरेको थियो । सुरुमा प्रसाईंले गिरफ्तारी दिन मानेका थिएनन् । ‘म किन जाने पक्राउ पुर्जी दिनुस्’ भन्दै डीएसपी बुढाथोकीलाई प्रतिप्रश्न गरेका थिए ।

डीएसपी बुढाथोकीको टोलीले ‘पक्राउ पुर्जी छ’ भनेपछि प्रसाईं आफ्नै गाडीमा जान तयार भए । तर प्रहरीकै गाडीमा जानुपर्ने अडान डीएसपी बुढाथोकीले राखेपछि बाध्य भएर प्रसाईं प्रहरीको गाडीमा चढे ।

काठमाडौं प्रहरीले उनलाई पक्राउ गरे पनि त्यतिबेला प्रसाईं पक्राउको कारणबारे परिसर काठमाडौंले केही बताएन । बरु यसबारे केन्द्रीय प्रवक्तालाई जानकारी हुने जवाफ काठमाडौं प्रहरीले दियो ।

पक्राउको केहीबेरपछि केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले प्रसाईं पक्राउको पुष्टि गरे ।

‘निर्वाचन आचार संहिता उल्लंघनको विषयमा कारबाही गर्न भन्दै निर्वाचन आयोगबाट पत्र आएकाले पक्राउ गरेका हौं,’ एसपी अवस्थीले भनेका थिए, ‘साइबर कसुर वा निर्वाचनसम्बन्धी जुन कसुर हुन्छ त्यसैमा म्याद लिएर अनुसन्धान गर्छौं ।

औपचारिक रुपमा प्रहरीले प्रसाईं पक्राउ पर्नुको कारण निर्वाचन आयोगको पत्र रहेको बताउँदै आएको छ । तर पक्राउ पर्नु अघिल्लो रात मात्रै उनले गरेका भेटघाट र उनको सम्भावित कार्यक्रमलाई लिएर प्रशासनले पक्राउ गरेको देखिएको छ ।

२२ माघको बिहान प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा करिब २ घण्टा भेटवार्ता भएको थियो । प्रधानमन्त्रीसँगको भेटपछि ओलीको भेट राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक उनै प्रसाईंसँग भयो । उक्त रिपोर्ट सुरक्षा निकायले प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गराएका थिए ।

उच्च स्रोतका अनुसार भक्तपुरमा ३ घण्टासम्म ओली र प्रसाईंबीच वार्ता भएको थियो । ‘२२ माघको राति ८ बजेदेखि ११ बजेसम्म उहाँहरु (ओली–प्रसाईं)बीच भेटवार्ता भयो । लगत्तै भोलिपल्ट वीरगञ्जमा निर्वाचन बिथौलने कार्यक्रम प्रसाईंको थियो । २१ फागुनको निर्वाचन लक्षित गतिविधि हुनसक्ने रिपोर्ट पाएपछि पक्राउ गरेका हौं,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।

प्रसाईंले २१ फागुनमा कुनै हालतमा निर्वाचन नहुने भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै आएका छन् । यस्तै शैलीमा उनले वीरगञ्जमा धार्मिक कार्यक्रम भनेर निर्वाचन बिथाल्ने कार्यक्रम गर्न लागेको सूचना सरकारका संयन्त्रले पाएका थिए । यसको रिपोर्टिङ प्रधानमन्त्री कार्कीसम्म पुगेपछि वीरगञ्ज हिंडेका प्रसाईं चाल्नाखेलबाट पक्राउ परेका हुन् ।

प्रसाईं पछिल्लो समय ‘पहिला हिन्दू अधिराज्य, अनिमात्रै निर्वाचन’ भन्दै अभिव्यक्ति दिने गरेका छन् । १९ माघमा चितवनमा पुगेर उनले राजसंस्था स्थापनाम नभएसम्म निर्वाचन नहुने भन्दै बोलेका थिए । प्रशासनले तोकेको ठाउँभन्दा अन्यत्र कार्यक्रम गरेर केही समय तनावको स्थिति समेत बनेको थियो ।

यसअघि ५ माघमा पोखराबाट प्रसाईंलाई पक्राउ गरिएको थियो । विशेष महाधिवेश पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड बुझाएर आफूअनकुल निर्णय गराएको भन्दै विवादास्पद अभिव्यक्ति दिएकाले उनी पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

ट्रम्प प्रशासनमा तीव्र फेरबदल: महान्यायाधिवक्ता बोन्डी पदमुक्त, सेना प्रमुख जर्जसँग राजीनामा माग !

ट्रम्प प्रशासनमा तीव्र फेरबदल: महान्यायाधिवक्ता बोन्डी पदमुक्त, सेना प्रमुख जर्जसँग राजीनामा माग !

प्रदेश खारेजी र दुई तहको शासन प्रणाली प्रस्ताव गर्दै राप्रपाको घोषणापत्र ।

प्रदेश खारेजी र दुई तहको शासन प्रणाली प्रस्ताव गर्दै राप्रपाको घोषणापत्र ।

Natraj Technology advertisement

ताजा समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology