The News Affairs
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

प्रदेश खारेजी र दुई तहको शासन प्रणाली प्रस्ताव गर्दै राप्रपाको घोषणापत्र ।


प्रदेश खारेजी र दुई तहको शासन प्रणाली प्रस्ताव गर्दै राप्रपाको घोषणापत्र ।
ADVERTISEMENT

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘संकल्प पत्र’ सार्वजनिक गर्दै दीर्घकालीन राष्ट्रिय दृष्टिकोण प्रस्तुत गरेका हुन्।

राप्रपाले सबल, समृद्ध र समुन्नत नेपाल निर्माणलाई आफ्नो दीर्घकालीन सोचका रूपमा अघि सारेको छ। घोषणापत्रमा पुँजी निर्माण, दिगो विकास, शिक्षा र स्वास्थ्यमा निःशुल्क पहुँच, सामाजिक सुरक्षा, सामाजिक न्याय, समतामूलक समृद्धि तथा युवाकेन्द्रित उत्पादनमुखी अर्थतन्त्रमार्फत व्यापक रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

दीर्घकालीन मार्गचित्रअनुसार २०८७ सालसम्म नेपाललाई मध्यम आयस्तरको मुलुक बनाउने लक्ष्य लिइएको छ। त्यसका लागि दिगो आर्थिक वृद्धि, गुणस्तरीय शिक्षा–स्वास्थ्य, गरीबी न्यूनीकरण, प्रविधिको विकास र विस्तार, रणनीतिक पूर्वाधार निर्माण, दिगो सहर तथा बस्ती विकास, उत्पादकत्व अभिवृद्धि, प्रभावकारी सार्वजनिक सेवा प्रवाह, प्राकृतिक स्रोतको सदुपयोग र दिगो सामाजिक सुरक्षा सुनिश्चित गर्ने रणनीति अवलम्बन गरिने उल्लेख छ।

घोषणापत्रमा राष्ट्रिय स्वतन्त्रता, अखण्डता, एकता र सार्वभौमिकताको संरक्षणलाई प्राथमिकता दिँदै प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धनका लागि राष्ट्रिय सुरक्षा मूलनीति बनाउने संकल्प गरिएको छ।

राप्रपाले वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र स्थापना गर्ने लक्ष्य अघि सारेको छ भने सबै धर्मबीच समानता र धार्मिक स्वतन्त्रताको सुनिश्चितता गरिने प्रतिबद्धता जनाएको छ। जातीय भेदभाव, छुवाछुत तथा धर्मका आधारमा हुने कुनै पनि प्रकारको भेदभावलाई दण्डनीय बनाइने उल्लेख गरिएको छ। साथै प्रत्येक नागरिकलाई आफ्ना धर्म, संस्कृति, परम्परा र रीतिरिवाजअनुसार पूजा–आराधना गर्न पाउने अधिकारको संरक्षण गरिने भनिएको छ।

शासकीय स्वरूप सम्बन्धी प्रस्तावमा राप्रपाले अभिभावकीय संस्थाका रूपमा राजसंस्थाको व्यवस्था, खर्चिलो तथा अस्थिर निर्वाचन प्रणालीमा व्यापक सुधार, प्रदेश संरचनाको खारेजीसहित केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासन व्यवस्था, सर्वधर्म समभावसहितको हिन्दु राष्ट्र र गैरदलीय स्थानीय तहको अवधारणा अघि सारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

The News Affairs

The News Affairs

संबन्धित समाचार

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

ट्रम्प प्रशासनमा तीव्र फेरबदल: महान्यायाधिवक्ता बोन्डी पदमुक्त, सेना प्रमुख जर्जसँग राजीनामा माग !

ट्रम्प प्रशासनमा तीव्र फेरबदल: महान्यायाधिवक्ता बोन्डी पदमुक्त, सेना प्रमुख जर्जसँग राजीनामा माग !

परवानीपुरमा धारिलो हतियार प्रहार गरी हत्या, श्रीमान् र छोरी घाइते ।

ललितपुर सवारी दुर्घटनामा चारको ज्यान, दुईको सनाखत बाँकी ।

Natraj Technology advertisement

ताजा समाचार

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन दसैंपछि गर्नुपर्छ- नैनसिंह महर

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

५१ दिनमा पनि ‘गौंथली’को ५९ शो, २५ करोड ८० लाख नाघ्यो कमाइ

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

फेरिए रसुवाका सीडीओ

फेरिए रसुवाका सीडीओ

Load More
  • Preeti / Unicode

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to The News Affairs | Developed By Zwicky Technology